स्थानीय बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार नौ सयले घटेर कारोबार भइरहेको छ। यसअघि २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४२ हजार ८ सय पुगेको छ। आज चाँदीको भाउ पनि तोलाको १५० रुपैयाँले घटेको छ। यसअघि ३ हजार २८५ रुपैयाँ तोकिएको चाँदी आज ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । पक्राउ…







