नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ का लागि तोकिएको निर्वाचन हुनै नसक्ने दावी गरेका छन् ।
प्रेस चौतारी नेपालको टिमसँग आइतबार बिहान आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले प्रहरीबाट लुटिएका हातहतियार बाहिरै रहेको र कारागारबाट फारर भएका अपराधीलाईसमेत सरकारले नियन्त्रणमा लिन नसकेको अवस्थामा चुनाव गर्न नसकिने बताए ।उनले एमाले चुनावबाट नभाग्ने बताउँदै, अहिलेको अवस्थामा निर्वाचनको बाताबरण नै तयार भईनसकेको बताएका हुन् ।
वर्तमान सरकारप्रति कडा टिप्पणी गदै अध्यक्ष ओलीले अहिलेको सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताए । सरकार संविधानबाट पनि नबनेको, संसद्बाट नबनेको, दलबाट नबनेको, जेन(जीबाट नबनेकोले उनले यो सरकार कस्को भनि प्रश्न गरेका छन् । सरकारले जेनजी प्रदर्शनका नाममातोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई मलजल गरेको भन्दै आक्रोस पोखे ।
अध्यक्ष ओलीले मुलुकलाई सही बाटोमा ल्याउन संसद् पुनर्स्थापना एक मात्रै विकल्प भएको पनि बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







