कास्की प्रहरीले लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ८ बगाले टोलमा लागू औषध सेवन तथा बिक्री बितरण भई रहेको भन्ने सूचनाको आधारमा खट्टिएको जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरोको सयुक्त प्रहरी टोलिले गोरखा आरुघाट घर भई पोखरा ८ बस्ने २८ बर्षिय जाबिद हुषेन र झापा अर्जनधारा घर भई सोही ठाँउ बस्ने २६ बर्षिया अनु श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपि हरी बहादुर बस्नेतले जानकारी दिए ।
उनीहरुको घर कोठाको खानतलासी गर्दा लागू औषध ब्राउन सुगर ७ ग्राम ८ मिलिग्राम बरामद भएको बस्नेतले बताए ।पक्राउ परेका दुवैलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







