विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पुरा भएको छ ।
२०६३ साल मङ्सिर ५ गते नेपाल सरकार र तत्कालीन माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए।तत्कालीन सात दल र माओवादीबिच २०६२ साल मङ्सिरमा १२ बुँदे सहमति भएपछि १० वर्षे सशस्त्र विद्रोह अन्त्य भएको थियो। सोही सहमतिको जगमा २०६२÷६३ मा १९ दिने जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढलेको थियो।
विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्धाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नभएको बताएका छन्।
उनले नेपालमा सामन्तवादको अन्त्य गर्दै सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेका बताएका हुन्। विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षलाई एकताबद्ध हुन संयोजक प्रचण्डले अपिल गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौतालाई शीघ्र टुङ्गोमा पुर्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा।टीकाराम पोखरेलले एक बिज्ञप्ति जारी गर्दे यस्तो आग्रह गरेका हुन् ।आयोगले विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका केही कार्य पूरा भए तापनि द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने कार्य पूरा हुन नसक्दा पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकार कुण्ठित बन्न पुगेको जनाएको छ ।
सम्झौताअनुसार ६० दिनभित्र बेपत्ता पारिएका तथा युद्धका क्रममा मारिएकाबारे सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यान्वयन नहुँदा पीडित परिवारले अझै पनि अवस्थाको स्पष्ट जानकारी पाउन सकेका छैनन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







