नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन्।
शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दैअध्यक्ष ओलीले राष्ट्रपतिलाई यो सरकार हटाउन आग्रह गरेका हुन्। उनले संविधान अनुसार नबनेको सरकार हटाउन कुनै संविधान नचाहिने समेत जिकिर गरे। उनले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरे । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने उनको भनाई छ ।
अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह(याउन नसक्ने जिकिर गर्दै अध्यक्ष ओलीले हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गरे। ओलीले सरकारले जेनजी आन्दोलनको नाममा हुलदङ्गा रोक्नेतर्फ उदासीनता देखाएको आरोप लगाए।ओलीका अनुसार आन्दोलनको दोस्रो दिन प्रहरीले ढुंगामुढा सहनु परेको तर प्रतिवाद गर्ने आदेश नदिइएको थियो। ओलीले सरकार र सत्ता पक्षले विभिन्न संवैधानिक तथा सुरक्षा निकायहरूलाई एमालेसँग जोडेर बदनाम गर्न खोजेको आरोप समेत लगाए।
अध्यक्ष ओलीले देश नै ‘एमालेमय’ भएको जिकिर गर्दै सरकारप्रति कटाक्ष गरेका हुन्। महासचिव शंकर पोखरेलले सरकारले छानबिनका नाममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाहीको ध्वाँस देखाउने प्रयत्न गरिरहेको बताएका छन् । उनले ‘जेनजी’ आन्दोलनका बेलाका घटनामा तत्कालीन प्रधानमन्त्री नै जिम्मेवार हुने बताउने गरिएको भन्दै आपत्ति जनाए ।
सभा तथा प्रर्दशनका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक व्यवस्था व्यापक रूपमा प्रभावित भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







