गण्डकी प्रदेशमा बिहीबार दिउँसोसम्म थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयले दिएको जानकारीअनुसार बिहीबार योसँगै संक्रमितको संख्या १५ हजार ८ सय ८५ पुगेको छ ।
कास्कीको पोखरा महानगरपालिकाको वडा–३ का १ जना महिला, वडा–५ का २ जना महिला र १ जना पुरुष, वडा–६ का २ जना महिला र १ जना पुरुष, वडा–८ का १ जना महिला र ३ जना पुरुष, वडा–९ का १ जना पुरुष, वडा–११ का १ जना पुरुष, वडा–१४ का १ जना महिला, वडा–१६ का १ जना महिला, वडा–१७ का १ जना महिला र २ जना पुरुष, वडा–३० का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसैगरी लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकाको वडा–६ का १ जना महिला, वडा –९ का १ जना महिला र नवलपुरको बीनयत्रीवेणी गाँउपालिकाको वडा–२ का १ जना महिलामा संक्रमण देखिएको हो।
१० जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ। निर्देशनलायका अनुसार संक्रमित सबैजनाको क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको थियो। त्यसैगरी १२ जना संक्रमितहरुको लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







