प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न ‘जेनजी फ्रन्ट’को माग


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०८२ मा प्रकाशित




नेपाल जेनजी फ्रन्टले मताधिकारको व्यावहारिक पहुँच प्रदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगलाई मागपत्र बुझाएको छ ।

फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मताधिकार प्रयोगमा भएको कठिनाई तर्फ ध्यानाकर्षण गराउँदै सहज बनाउन माग गरेको छ । फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, फ्रन्टका सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायतले आयोगमा उपस्थित भई मागपत्र बुझाएका हुन् । मागपत्र बुझाएपछि कर्णाली प्रदेश सम्पर्क व्यक्ति बोगटीले आयोगलाई आफूहरुले उक्त मागपत्र बुझाएको बताए ।

सरकारले कानुनी तथा प्राविधिक जटिलताको बहानामा संवैधानिक हकबाट वञ्चित गर्न नहुने मागपत्रमा उल्लेख छ । आगामी प्रतिनिधिसभा निर्वाचनदेखि नै प्रवासी नेपालीलाई मतदान गर्न पाउने व्यवस्था तत्काल लागू गर्नुपर्ने उनीहरुकोे माग छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।