समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतमा आठौँ पर्वत महोत्सव गरिने भएको छ ।
पर्वत उद्योग वाणिज्य सङ्घले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस ९ गतेदेखि १९ गतेसम्म हुने जनाइएको छ । सङ्घ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी पौडेलले जानकारी दिए । महोत्सवका बारेमा जानकारी दिन आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले ‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना गर्न लागिएको बताए ।
गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमको प्रचारप्रसार, प्रवर्द्धन र बिक्री व्यवस्थापन रहेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शिशिर उजाडपोखरा ११ औ संस्करणको जिसिईएस आई टि एक्स्पो पोखराको लामाचौरमा सुरु…






