रकम फिर्ता गर्ने प्रतिबद्धता पछि पोखरा वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा पदाधिकारीहरू छुटेका छन्।
पोखराको नयाँ बजारमा रहेको सो सहकारीबाट करिब ८९ करोड रुपैयाँ हिनामिनाको आरोपमा गत कात्तिक १९ गते उनीहरू पक्राउ परेका थिए । उनीहरू घरजग्गा र नगद बुझाएर छुटेको कास्की प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका ८ जना सञ्चालकहरूले करिब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति घरजग्गा र चेक० ग्यारेन्टी स्वरूप राखेर ३ देखि ४ महिनाभित्र बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।
रकम फिर्ता गर्ने सहमतिपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए ।प्रहरीका अनुसार आरोपीहरूले २५ करोड रुपैयाँ बराबरको घरजग्गा देखाएका छन् भने ४ करोड रुपैयाँको चेक ‘समन्वय समिति’ लाई बुझाएका छन् ।
ठगी मुद्दामा प्रहरीले १ वर्षसम्म अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था भए पनि निक्षेपकर्ताको रकम फिर्तालाई प्राथमिकता दिँदै प्रहरीले उनीहरूलाई हदम्याद तोकेर छाडेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी…







