पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ९ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशका कास्की र बाग्लुङका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ९ सय नाघेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिएका मध्य कास्कीका १५ र बाग्लुङका एक जना छन् । ९४ जनामा गरिएको पिसिआर परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार हालसम्म प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ९०१ पुगेको छ ।
सोही अवधीमा प्रदेशका २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सहित हालसम्म प्रदेशमा १५ हजार ४३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
अब प्रदेशमा २५८ जना आइसोलेसनमा रहेको निर्देशनालयद्वारा आज साँझ अध्यावधिक कोभिड–१९ सम्बन्धी विवरणमा भनिएको छ । ति मध्य २३४ जना होम आइसोलेसनमा छन् ।
हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट २०५ जनाले ज्यान गुमाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







