कोरोनाविरुद्धको खोप लगाउने समय सोमबारसम्म थपियो


     एभरेस्ट आवाज    
     फागुन ८ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

काठमाण्डौं । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने समय दुई दिन थप गरेको छ ।

सरकारी कार्यालयका कर्मचारी, स्थानिय तहका पदाधिकारी र कर्मचारी, वित्तिय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई दोस्रो प्राथमिकतामा राखेर खोप अभियान शुरु गरेको हो ।

आजसम्म दोस्रो चरणको खोप लगाउने समय तोकिएको भएपनि आगामी सोमबारसम्म थप समय बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म तीन लाख ८४ हजार जनाले खोप लगाइसकेको छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।