एक्स गण्डकी बोर्डिङ स्टुडेन्ट्स एशोसियसन (एग्बोसा)को साधारण सभा पुस १९ मा हुने


     एभरेस्ट आवाज    
     पौष २ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, पुस २

एक्स गण्डकी बोर्डिङ स्टुडेन्ट्स एशोसियसन (एग्बोसा)को साधारण सभा यहि पुस १९ गते हुने भएको छ । गण्डकी बोर्डिङ स्कुलबाट उत्तिर्ण भएका विद्यार्थीहरुको साझा संस्था एग्बोसाको १६ औं साधारण सभा पुस १९ गते शनिबार पोखरामा हुन लागेको हो । पोखराको न्यूरोडस्थित सिटी स्क्वायर व्याङ्क्यूटमा सो दिन दिउँसो २ बजेदेखि साधारण सभा शुरु हुने जनाइएको छ ।

साधारण सभाले वार्षिक प्रतिवेदन , वार्षिक वित्तीय प्रतिवेदन र संस्थाको विनियम पारित गर्ने एग्बोसाका रोजिना रञ्जित बिजुक्छेले जानकारी दिईन् । साधारण सभामा सहभागी हुन गण्डकी बोर्डिङमा अध्ययन गरेका सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई संस्थाले अपिल गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।