नेपाली कांग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहनुभएको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिईन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले विमति जनाएको छ ।यसैबिच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ ।बिहान ११ बजे बोलाईएको बैठक १ बजेलाई सारिएको बताईएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल प्रिमियर लिग एनपीएलका सम्पूर्ण खेल पोखराको मालेपाटन खेल मैदानमा निःशुल्क प्रत्यक्ष…







