सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा सुरु भएको अधिवेशन दुई वटा शोक प्रस्ताव पारित गर्दै आजका लागि सम्पन्न भएको हो ।सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरे । उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पु¥याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण गरियो । बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । विसं २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो । उनी विसं २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रियसभामा निर्वाचित थिए ।
शोक प्रस्ताव पारित गरी सम्पन्न भएको बैठक अब माघ ९ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्नेछ ।माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । हाल राष्ट्रियसभामा नेपाली कम्युनिष्ट ९नेकपा० को २५, नेपाली कांग्रेस १६, नेपाल कम्युनिष्ट ९एमाले० नौ, जनता समाजवादी पार्टी ९जसपा० तीन, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० एक, राष्ट्रिय जनमोर्चाको एक र मनोनीत तीन सदस्य छन् ।
यही माघ ११ गते १९ जना नयाँ सदस्य चयनका लागि निर्वाचन हुँदैछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, माघ ४ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका…






