पोखरा, माघ ४
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न लागेका मेयर शाहले आज पदबाट राजिनामा दिएका हुन् । उनले आज दिउँसो उपमेयर सुनिता डंगोल समक्ष राजिनामा दिएको उनी निकट श्रोतले जनाएको छ ।
बालेन झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने चर्चा छ । जुन क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस भिडन्तलाई यस पटकको निर्वाचनको सबैभन्दा रोचक भिडन्तका रुपमा हेरिएको छ ।
रास्वपाका बरिष्ठ नेता रहेका बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, माघ ४ नेपाली कम्युनिष्ट पार्टीले कास्की क्षेत्र नम्बर–२ मा किरण थापा…






