पोखरा, माघ ४
नेपाली कम्युनिष्ट पार्टीले कास्की क्षेत्र नम्बर–२ मा किरण थापा (आमोद)लाई उम्मेदवार बनाएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि आमोदलाई कास्की २ बाट चुनाव लड्नका लागि टिकट दिएका हुन् । किरण थापा भनेर चिनिने उनको उपनाम आमोद र नागरिकताको नाम हेमबहादुर थापा हो ।

पोखरा–३३ भरतपोखरी घर भएका उनी जनयुद्दका कुशल कमाण्डर हुन् । प्रचण्ड र बाबुरामलाई मिलाउन गरेको भरमग्दूर प्रयास खेर गएपछि उनी कास्कीको सम्पूर्ण टिमलाई तत्कालीन नेकपा माओवादी केन्द्रसँग एकता गराएका थिए । जनस्तरमा भिजेका नेतामध्येका एक उनी कस्केली जनताका रुचाइएका पात्र हुन् । हाल उनी नेकपाका केन्द्रीय सदस्य छन् ।
सरल स्वाभाव, सबैसँग समान व्यवहार र मिजासिला उनी बैचारिक र सैद्दान्तिक रुपमा भने अडान राख्ने नेतामा पर्छन् । उनले भुईंमान्छेको छवि बनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ४ माघ । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले…






