एमाले उमेद्वार आचार्य,जन्मथलो भरतपोखरीमा आर्शीवाद थाप्दैं


     एभरेस्ट आवाज    
     माघ २७ गते २०८२ मा प्रकाशित




नेकपा एमाले कास्की २ का उमेद्वार रश्मि आचार्यले चुनावी प्रचार अभियानलाई तिब्रता दिएका छन् ।

उमेद्वारी दर्ता लगत्तै चुनावी प्रचारमा होमिएका आचार्यले मंगलबार जन्मथलो पोखरा ३३ भरत पोखरीका स्थानिय बासिन्दासँग आर्शीवाद सहित सुझाव संकलन गरेका छन् ।त्यस क्रममा स्थानीयले आफ्नै टोलमा देखिने र संसदमा जनताका कुरा राखेर परिणाम निकाल्न सक्षम उम्मेदवार आचार्य नै भएको प्रतिक्रिया दिएका छन।उनीहरुले उम्मेदवार आचार्यलाई ठाउँ बुझेको ,जनताको सारथी भएको र समस्यालाई समाधान सहित उजागर गर्न सक्षम आफ्नो रोजाइको उम्मेदवार आचार्य भएको भन्दै निर्धक्क हुन आश्वस्त पारेका हुन्। न हिजोका हाम्रा प्रतिनिधिले कसैलाई अन्याय गरे न फेरि आउने कुनै प्रतिनिधिले कुनै घात गर्नेछन ।हिजोका प्रतिनिधिले सधै विकास र नीति बहसमा अब्बल उदाहरण प्रस्तुत गरेको भन्दै रश्मि झन उत्कृष्टताको संभावना भएको स्थानिय ७५ बर्षिय लाल बहादुर नेपालीले उल्लेख गरे ।

हामीलाइ काम चलाउ हैन राष्ट्रिय राजनिती र देश बिकास संगै नीति निर्माणमा प्रभाबशाली भुमिका खेल्ने प्रतिनिधि चाहिएको त्यो उहाँबाट संभब छ। अर्का स्थानिय श्रीमाया नेपालीले बताइन । हामी कहिल्यै लहडमा हिडेनौ, दक्षिण पोखराको भरत पोखरीको सुन्दर पर्यटकीय परिकल्पना भौतिक बिकाससंगै पूर्णतातर्फ लम्केको छ ,अब यो पूरा गर्ने दायित्व रश्मिलाइ सुम्पनु छ स्थानिय तिक्लाङ निवासी मेघनाथ ढकालले थपे। जसले गर्छ जनहित उसको हुन्छ जित त्यो क्षमता आचार्यसंग छ ढकालले उल्लेख गरे ।सुन्दर पर्यटकीय केही आकर्षक गन्तब्य निर्माणका लागि रश्मिको विजयको लागि आतुर छौँ। भरत पोखरीलाई अब डेस्टिनेसन प्याराडाइज बनाउनेतर्फ हामी दृढ संकल्पित छौ त्यो काम आचार्य बाट संभब छ अर्का स्थानिय शान्ति आचार्यले जिकिर गरिन ।

सुझाव ग्रहण गर्दै उम्मेदवार आचार्यले जन्म ठाउँको अपार साथले आफ्नो जित सुनिश्चित भैसकेको भन्दै सबैको साथले अब्बल जनप्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।