यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्वको लागि मतदान जारी


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०८३ मा प्रकाशित




पोखरामा जारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयन हुँदैछ।

पोखरामा भेला भएका देशभरका यातायात व्यवसायीहरू महासंघको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान प्रक्रियामा सहभागि भईरहेको महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडाले जानकारी दिए । बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो । उपमहासचिव सिंखडाका अनुसार, आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।महाधिवेशनमा देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू मतदानमा सहभागि भएका छन् ।

मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विद्युतीय माध्यमको प्रयोग गरिएको महासंघले जनाएको छ । महासंघको अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी मुख्य प्रतिष्पर्धीका रूपमा चुनावी मैदानमा छन् ।सहमतिको प्रयास विफल भएपछि चुनावी प्रक्रिया शुरु गरिएको महासंघले जनाएको छ ।

महाधिवेशनमा देशभरका ३८७ संस्था÷कम्पनीका २ हजार भन्दा बढी प्रतिनिधि÷पर्यवेक्षकको सहभागीता रहेको महासंघ गण्डकी प्रदेशका निवर्तमान संयोजक केदार पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।