पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलले नव आगन्तुक विद्यार्थीसहित शिक्षक, कर्मचारीलाई स्वागत गरेको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०८३ मा भर्ना भएका नयाँ विद्यार्थीलाई खादा र पुष्पगुच्छासहित स्वागत गरिएको विद्यालय संयोजक माया क्षेत्रीले जानकारी दिईन् । सो अवसरमा नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई पनि स्वागत गरिएको थियो । नव आगन्तुकलाई स्वागत गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले गुणस्तरीय शिक्षा र अनुशासन नै विद्यालयको मुल मर्म रहेको बताउँदै,अनुशासन, मेहनत र इमान्दारका साथ अध्ययन अध्यापन गर्न सके जीवनको लक्ष्यमा पुग्न सहज हुने बताए । उनले वर्तमान समयको मागअनुसार विद्यार्थीको अध्ययनलाई विज्ञान र प्रविधिमैत्री बनाउन विद्यालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।
विद्यालयकी नवनिर्वाचित छात्रा प्रमुख मञ्जिसा भुजेल,कक्षा ९ की छात्रा भूमिका न्यौपानेलगायतले नवआगन्तुक विद्यार्थीलाई शुभकामना दिदैं,असल शिक्षाका लागि विद्यालयले निर्वाह गरेको भुमिकाको चर्चा गरेका थिए । बिभिन्न सांस्कृतिक प्रस्तुतिसहित आयोजना भएको कार्यक्रमको सञ्चालन विद्यालय अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २ वैशाखतेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)…






