पोखराको २० नम्वर वडामा वृहत आँखा शिविर हुने


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. २० मा निशुल्क वृहत आँखा शिविर हुने भएको छ ।

वडा कार्यालयको आयोजना तथा पद्म नर्सिङ होमको प्राविधिक सहयोगमा यही जेठ १६ गते, शनिबार वृहत आँखा शिविर आयोजना गरिएको वडाध्यक्ष गंगा बहादुर खत्रीले जानकारी दिए । वडाको नेतृत्व सम्हालेको चार वर्ष पुरा भएको र यो अवधिमा वडाबासीलाई घरदंैलोमै स्वास्थ्यसहितका सेवा निरन्तर रुपमा प्रदान गर्दै आईरहेको वडाध्यक्ष खत्रीले बताए । शिविरमा आँखा परिक्षणसहित निशुल्क औषधी वितरण र मोतियाविन्दु भएकालाई सिफारिस गरिने बताईएको छ । कार्यालय परिसरमा हुने शिविरमा सहभागि भई सेवा लिन स्थानीय बासिन्दालाई वडा कार्यालयले आग्रह समेत गरेको छ ।

वडाले यस अघि पनि बिभिन्न संस्थाको सहयोगमा नागरिक लक्षित कार्यक्रम संचालन गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।