यूएई । प्रवासमा रहेका नेपाली समुदायबीच सामाजिक एकता र संगठन विस्तारलाई लक्ष्य बनाउँदै क्षत्री समाज नेपाल–यूएईको पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णबहादुर ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
समाजले करिब ६ महिनाअघि तदर्थ समिति गठन गरेर यूएईका विभिन्न राज्यमा संगठन विस्तार अभियान अघि बढाएको थियो। सोही अभियानको निरन्तरतास्वरूप सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा देवीलाल रावल, दीपक राउत र सुदीप कार्की चयन भएका छन्। महिला उपाध्यक्षमा हिरा केसी, सचिवमा भीम केसी, सहसचिवमा रमेश खड्का, कोषाध्यक्षमा होमबहादुर महत तथा सहकोषाध्यक्षमा कमल केसी चयन भएका छन्।
सदस्यहरूमा ओमकार थापा, कृष्णबहादुर केसी, चन्द्रबहादुर भण्डारी, सिक्रम थापा, हरिबहादुर केसी, धनबहादुर क्षेत्री, विमला पौडेल, विन्दु सेढाईं, कमला थापा, सिर्जना थापा, रितु पाण्डे र देवी बस्नेत रहेका छन्।
अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्दै समाजका केन्द्रीय अध्यक्ष रिबबहादुर थापाले विदेशमा रहेका क्षत्री समुदायको सक्रिय सहभागिताले समाजको गरिमा र एकता थप बलियो बनेको बताए।
समाजका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रवासमा रहेका क्षत्री समुदायको इमान्दारिता, योगदान र सामाजिक सक्रियताले समाजलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
तदर्थ समितिका अध्यक्षसमेत रहेका कृष्णबहादुर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी, केन्द्रीय प्रतिनिधि, अन्तर्राष्ट्रिय प्रवास विभाग, नेपाली समुदायसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा प्रवासी नेपालीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने संस्थापक समिति, सल्लाहकार, सहयोगी संस्था, कलाकार तथा आजीवन सदस्यलाई सम्मान गरिएको थियो।
समाजका अन्तर्राष्ट्रिय प्रवास इन्चार्ज हंशराज ढकालका अनुसार हाल समाज बेलायत, कतार, बेल्जियम, हङकङ, स्पेन, जापान र यूएई गरी सात देशमा विस्तार भइसकेको छ। आगामी दिनमा अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया तथा अन्य मुलुकमा समेत संगठन विस्तार गर्ने योजना रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,असार २पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक…







