नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद मिलाउन संस्थापन पक्ष गम्भीर नभएको इतरपक्षले आरोप लगाएको छ ।
इतरपक्षका युवा नेता कुन्दनराज काफ्लेले संस्थापन पक्षले अहिलेसम्म एकताका लागि कुनै पहल नगरेको बताउँदै, पार्टी नै संकटमा परेको स्पष्ट पारे । “अहिलेसम्मको व्यवहार हेर्दा, पछिल्ला अभिव्यक्तिले त उहाँहरूले मिल्ने कुनै संकेत गर्नु भएको छैन,” उनले भने, “मिल्ने र मिलाउने उहाँहरूको जिम्मेवारी हो । आधिकारिकतासँगै मिलाउने काम पनि उहाँहरूकै हो । तर, अहिलेसम्म त्यस्तो संकेत देखिँदैन ।”कांग्रेसभित्रको एक पक्षले भने पार्टी एकताको लागि मध्यमार्गी बाटो खाजिरहेको बताएको छ ।
कांग्रेसका राष्ट्रियसभा सांसद रञ्जित कर्णले पूर्वकेन्द्रीय सदस्य, विद्यार्थी संगठनसँग जोडिएका नेतालगायतले एकताको पहलका लागि तयारी गरिरहेको जानकारी दिए । संस्थापन पक्षलाई दबाब दिन कांग्रेसको इतर पक्षले ६ वटा प्रदेशमा भेला गरिसकेको छ । उसले लुम्बिनीमा केही दिनभित्र भेला गर्ने जनाएको छ । युवा नेता काफ्लेले लुम्बिनीको भेला सकेर राष्ट्रिय भेला आयोजना गर्ने बताए ।
कांग्रेसमा आन्तरिक विवाद चुलिँदै गए पनि विभिन्न पक्ष एकताको मध्यमार्गी बाटो पहिल्याउन सक्रिय भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ३ पोखरामा यामाहाको ब्लु फेष्ट शुरु भएको छ । यामाहाको…







