जेनजी आन्दोलनका क्रममा फरार भएका एक जना बालबन्दी पोखरामा पक्राउ परेका छन् ।
गत भदौं २४ गते भएको आन्दोलनका क्रममा सराङकोटस्थित बाल सुधार गृहबाट फरार रहेका व्यक्तिलाई कास्की प्रहरीले बिहिबार पक्राउ गरेको हो । जबरजस्ती करणी कसूरमा पुर्पक्षका लागि थुनामा रहेका परिवर्तित नाम ८१–८२ कास्की ४८ लाई वडा प्रहरी कार्यालय, रामबजारबाट खट्टिएको टोलीले पोखरा १३ माछापोखरीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वीरेन्द्र पासवानले जानकारी दिए । पक्राउ परेका उनलाई आवश्यक कारवार्हीका लागि बिहिबार नै कारागार कार्यालय कास्कीमा पठाइएको छ ।
त्यस्तै कास्की प्रहरीले जारी राखेको अप्रेशन ३६५ अभियानका क्रममा थप ३३ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । गएराती पोखराका बिभिन्न ठाउँबाट चेक जाँचका क्रममा ध्वनी प्रदुषण गर्ने ति सवारी साधन नियन्त्रणमा लिईएको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले महेन्द्रपुल, नयाँबजार क्षेत्रबाट २ वटा वडा प्रहरी कार्यालय, बैदामले लेकसाईड, सृजनाचोक,राष्ट्रबैंकचोकबाट १० वटा, इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले तालचोक, गगनगौडा क्षेत्रबाट २ वटा मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ।त्यस्तै वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बाग्लुङ बसपार्क, बिन्ध्याबासिनी,नदिपुरबाट १४ वटा ,वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अम्मरसिंहचोक, हस्पिटल चोक, बुद्धचोक क्षेत्रबाट ५ वटा मोटरसाईकल नियन्त्रणमा लिएको प्रवक्ता पासवानले बताए ।
हालसम्म स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गराउने ७७३ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिइ कारवार्ही गरिएको कास्की प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्रीहरु बाहिरिने भएका छन्…





