लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पुल भत्किनुका साथै सडक समेत अवरुद्ध भएका छन् ।
बर्षाले पोखराको वडा नं. ५ र ८, आलुमाईला चोक जोड्ने फिर्के पुल गएराती भत्किएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकैको सो पुल पेर्ण स्पमा भत्किएर खोलामा पुगेको छ । पुल भत्किएसँगै आवतजावतमा समेत कठिनाई भएको छ ।पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पुल भत्किएको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाएर पैदल यात्रुका लागि सुरक्षित आवतजावतको वैकल्पिक व्यवस्था गर्ने तयारी गरिएको जानकारी दिए । पुल भत्किएर त्यहाँका कंक्रिट तथा अन्य संरचना फिर्के खोला पुगेकाले पानीको बहावमा समेत अवरोध पुर्याएको छ। पुलमा जोखिम देखिएपछि एक महिना अघि नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।स्थानीयले तत्काल भत्किएको संरचना हटाई पानीको बहाव सहज बनाउने तथा थप क्षति राक्ने कार्य तत्काल सुरु गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । यस्तै जिरो किलोमिटरमा सडकको बिच भागमै भुवान परेको छ । यातायात संचालनमा कठिनाई भएपछि सो भुवान भने पुरिएको छ ।
कास्कीको मादी नदीमा पनि गएराती ठूलो बाढी आएको छ । लगातारको बर्षापछि नदीमा आएको बाढीले मादीको वडा नं. १ मा निर्माणाधीन अपर मादी हाइड्रोपावरमा क्षति पुर्याएको स्थानीय गेहेन्द्र गुरुङले जानकारी दिए । नदीमा पानीको सतह बढेको र थप बाढी आउन सक्ने भन्दै नदीको तटीय क्षेत्रमा नजान र बसोबास गर्नेले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैबिचप्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा…





