प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सम्हालेका छन् ।
सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबीच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई शपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गरे। अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाइएको बताउँदै अब आफूहरूले केही न केही नयाँ परिवर्तन गरेरै जानुपर्ने बताए ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलको संस्थागत संस्कारका बारेमा संक्षिप्त जानकारी गराएका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





