प्रधानमन्त्री वालेन्द्र शाह पोखरा हुँदैं मुस्ताङ पुग्ने भएका छन् ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न उनी त्यहाँ जान लागेका हुन् । काठमाडौँबाट आज बिहान आफ्नो सरकारी गाडीमार्फत पोखरा आउँदै गरेका प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।उनी सडक मार्गबटै मुस्ताङ जाने कार्यक्रम छ। तर यस बिषयमा भने सुरक्षा निकाय बेखबर रहेको जनाईएको छ ।कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको पोखरा भ्रमणबारे कुनै जानकारी नभएको बताए।
उनी बास बस्नका लागि पोखरा नजिकै रहेको माछापुच्छ्रे गाउँपालिका अस्ताममा रहेको अन्नपुर्ण इको भिलेज रिर्सोट बुक भइसकेको बताइएको छ ।उनी कुन कुन ठाउँमा भ्रमण गरेर त्यहाँ बास बस्ने हुन् त्यसको बिषयमा केही खुलाईएको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





