पार्टीभित्र एकता कायम गर्न कास्की काँग्रेसको अपिल


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०८३ मा प्रकाशित




नेपाली काँग्रेस कास्कीले पार्टीभित्र एकता कायम गर्न अपिल गरेको छ ।

जनता र कार्यकर्ताको चाहाना नै मजबुद र एकतावद्व काँग्रेस भएकोले त्यसतर्फ विशेष ध्यान दिन अपिल गरेको हो । नेपाली काँग्रेस कास्कीको आज सम्पन्न बैठकले त्यस्तो अपिल गरेको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । बैठकले नेपाली काँग्रेसको १५ औ महाधिवेशनको कार्यातालिका अनुसार तोकिएकै समयमा वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशन सफल बनाउन अधिवेशन परिचालन समितिका साथै विभिन्न उपसमितिहरु गठन गरेको छ ।

बैठकमा अहिलेसम्म भएको क्रियाशील सदस्यहरुको अद्यावधिकका विषयमा छलफल भएको थियो । बैठक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।