त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र नुवाकोट, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित भएको क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस
रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली सम्पर्कविहीन भएका छन् ।पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ३८४ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार बेपत्ता हुनेमा सम्राट टुर्स एण्ड ट्राभलमार्फत ७१ जना, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभलमार्फत १७ जना, लिफ होलिडेमार्फत ५५ जना, कैलाश जर्नीमार्फत ३१ जना, एक्सप्लोर भ्याकेशनमार्फत सात जना, ट्रेकर सोसाइटीमार्फत ९२ जना घुम्न गएका थिए ।यस्तै, रिचा टुर्स एण्ड ट्राभलमार्फत १२ जना, फिस्टेल टुर्स एण्ड ट्राभलमार्फत २७ जना, हिमालयन ग्यासियरमार्फत ५२ जना र अल्पाइन इको टे«कमार्फत २० जना भ्रमणमा रहेकोे नेपाल पर्यटन बोर्डले जनाएको छ । बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ ।
नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्रि नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका…





