पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार,राहत र पुनस्र्थापना कार्यमा खटिन उद्योगी, व्यवसायी एवं आम नागरिकसँग अपिल गरेको छ ।
संघका अध्यक्ष गोकर्ण कार्कीबाट बुधबार जारी गरिएको अपिलमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना, बेपत्ताहरुको यथाशीघ्र खोजी र उद्धार, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनस्र्थापना एवं घाइतेहरूको तुरुन्तै उपचार प्रबन्धका निम्ति सरोकारवाला निकायहरुको ध्यानाकर्षण पनि गराइएको छ ।
अध्यक्ष कार्कीबाट जारी अपिलमा विपत्ति पुनः दोहोरिने खतरा रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन एवं स्थानीय प्रशासन,सुरक्षा निकायहरुबाट जारी सुरक्षा सावधानी अपनाउन आग्रह गर्दै अगाडि भनिएको छ,‘विपद्बाट जोगिनका निम्ति सतर्कताको ठूलो महत्व रहने भएकाले सरकारी पृथ्वी राजमार्गसहित त्यस करिडोरका सडकहरूमा अर्को सूचना जारी नभएसम्म आवागमन नगर्न, नदी किनारामा नजान तटीय तथा प्रभावित क्षेत्रका बासिन्दासहित सम्पूर्ण उद्योगी–व्यवसायीरुलाई आग्रह गर्दछौँ ।’
पोखरा उद्योग वाणिज्य संघले विपद्को यो घडीमा स्थानीय प्रशासन, सुरक्षा निकायहरुसँग आवश्यक समन्वय गर्दै उद्धार,राहतका कार्यक्रम संचालन एवं पुनस्र्थापनाका अभियानमा सरिक हुने प्रतिवद्धतासमेत जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा…





