रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोखरामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ । त्यसैगरी तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका, एक बालकको शव भेटिएको छ । नवलपरासी पूर्वमा ६ महिला, १५ पुरुष, ४ बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ११ पोखरामा यहि भदौ २० गते शनिबार तायाःमचा नृत्य…





