भोटेकोशी बाढीपीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले रु चार करोड प्रदान गर्ने भएको छ ।
आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्रीलेबाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरुको उचित व्यवस्थापनका लागि प्रदेश सरकारबाट सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।
‘सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाको उद्धार, घाइतेको उपचार, प्रभावित तथा आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको…





