पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १६ हजार १ सय १० रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार प्रतिष्ठानको तर्फबाट १ लाख रुपैयाँ र प्राज्ञहरूबाट १ लाख १६ हजार १ सय १० रुपैयाँ संकलन गरी कोषमा जम्मा गर्ने निर्णय भएको हो।
‘विपद्को यो समयमा प्रभावित नागरिकको उद्धार र राहतका लागि आफ्नो तर्फबाट पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरेका हौं,’ सदस्य सचिव श्रेष्ठले भने।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटिरहेको छ।
प्रतिष्ठानको संस्थागत सहयोगसँगै प्राज्ञहरूले व्यक्तिगत रूपमा गरेको योगदानसमेत कोषमा जम्मा गरिने श्रेष्ठले जानकारी दिए। प्रतिष्ठानका कुलपति प्रा.डा.कुसुमाकर न्यौपानेले थोपाथोपा मिलेर समुन्द्र बनेझैँ सानोसानो सहयोगले विपदमा परेकाहरूलाई ठूलो राहत मिल्ने बताए । उनले भने, ‘विपत्तिमा परेका दाजुभाइको पीडामा साथ दिऔँ, हाम्रो सानो सहयोगलाई उहाँहरूको ठूलो सहारा बनाऔँ।’। प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत पुग्ने गरी राज्यको कोषमार्फत सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको कुलपति न्यौपानेले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका…





