सम्पर्कविहीन पत्रकार र पत्रकारका परिवारको खोजी कार्यलाई तीव्रता दिन आग्रह


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०८३ मा प्रकाशित




नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ ।

कार्यक्रमका सिलसिलामा रसुवागढी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहनुभएका महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवं नयाँपत्रिका दैनिकका पत्रकार टेकराज थामी बुधबार बिहानदेखि सम्पर्कविहीन भएको महासङ्घले जनाएको छ । यस्तै नुवाकोटको विदुर नगरपालिका–७ बाट पत्रकार निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनीसहित पाँच सदस्य सम्पर्कविहीन भएको महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बाढीप्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भई सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यम सञ्चालनमा असर पुगेकामा सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन महासङ्घले आग्रह गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।