भोटेकोशी बाढीपीडितको सहयोगार्थ नेपाल जेसीजले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि जेसीजले “एक सदस्य, एक सय अभियान–२०२६” नै संचालन गरी संकलन गरेको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद् प्रभावित नागरिकको साथमा सर्दव उभिने प्रतिबद्धता व्यक्त गर्दै सो संस्थाले मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गरेको पनि स्पष्ट पारेको छ । कोषमा रकम जम्मा गरेपछि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले विपद्को यस कठिन घडीमा रसुवाका पीडित परिवारहरूसँग दृढतापूर्वक साथमा रहेको पनि बताए ।
सहयोगको सुरुवात मात्र गरेको बताउन्दै उसले पीडामा परेका समुदायको सहयोग र पुनर्स्थापनाका लागि सहयोग अभियानलाई जारी राख्ने पनि जनाएको छ । अभियानमा सहयोग गर्ने जेसीजका बिभिन्न शाखा,संघ–संस्था, शुभेच्छुक तथा सहयोगीहरुलाई आभार समेत व्यक्त गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको…





