,

युकेका पुर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई तमु धिं नेपालको स्वागत


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०८३ मा प्रकाशित




कास्की जिल्ला अन्नपूर्ण गाउंपालिका घान्द्रुक गाउँ भइ युके स्विन्डन निवासी पुर्व काउन्सिलर ज्ञानप्रसाद गुरुङलाई पोखरामा तमु धिं नेपालले स्वागत एवम भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
युकेबाट छोटो समयका लागि नेपाल आउनु भएका समाजसेवी एवम सामाजिक अभियन्ता गुरुङलाई एक कार्यक्रम आयोजना गरि तमु धिं नेपाल केन्द्रिय समिती, तमु धिं नेपाल कास्की जिल्ला समिती, तमु धिं नेपाल केन्द्रिय आमा समिती, केन्द्रिय युवा समिति, तमु बिध्यार्थी समिती कास्की र कोने घोताने तमु समाज कास्कीले स्वागत एवम भेटघाट कार्यक्रम गरेको हो।
गुरुङलाई तमु धिं नेपालका केन्द्रिय अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गीमाया गुरुङ, कास्की अध्यक्ष प्रेमबहादुर गुरुङ, आमा समिती अध्यक्ष बालकुमारी गुरुङ, युवा समिती वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङ, बिध्यार्थी समिती अध्यक्ष सतिश गुरुङ, कोने घोताने तमु समाज कास्की उपाध्यक्ष सइ रुद्रबहादुर गुरुङ लगायतले फेटा,भाङ्रा, बुके, खादा, गलवन्दी, टोपी लगायतबाट स्वागत गरिएको हो।
बेलायत स्विन्डनस्थित नेपाली समाजको अगुवाई गरिसक्नुभएका कन्जरभेटिभ पार्टीका नेता समेत रहनु भएका गुरुङले तमु धिं नेपालको स्वागत र भेटघाट कार्यक्रमको लागि धन्यवाद दिनुहुदै तमु एकता, जागरुकता साथै नेतृत्वका लागि सबै संगठित हुनुपर्ने बताउनु भयो। वर्तमान सरकारको निकट रहनु भएका गुरुङले राज्यबाट प्राप्त हुने सेवाबारे प्रक्रियागत अनभिज्ञता रहेको अवस्थामा आफ्नोतर्फबाट तमुहरुको लागि सक्दो सहयोको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भोटेकोशी बाढीबाट बिपद अवस्थामा तमु धिं नेपालको राहत अभियानमा १० हजार रुपैया प्रदान गर्नु हुँदै सबै तमुहरुले राहत सहयोग तमु धिं मार्फत एकीकृत गरि हस्तान्तरण आग्रह गर्नु भयो। नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङलाई आगामी दिनमा पोखरामा ल्याउने पहल गर्ने गुरुङले बचनवद्धता गर्नु भयो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत, महासचिव जुना गुरुङले कार्यक्रम संचालन गर्नुभएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।