बाढी प्रभावित क्षेत्र नुवाकोटबाट एक विदेशीसहित २ जनाको जीवितै उद्धार गरिएको छ ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको हो । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो ।
त्यस्तै नुवाकोटको बेत्रावतीमा एक महिलाको पनि सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । स्थानीय आनन्द श्रेष्ठको ४ तले घरको चौथो तलाबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको उद्धार गरिएको हो । सशस्त्र प्रहरीका इन्सपेक्टर सुमन बिकको कमान्डमा खटिएको टोलीले श्रेष्ठलाई सुरक्षित बाहिर निकालेको हो ।उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी गरिएको छ ।
श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएकाले उनलाई सुविधासम्पन्न अस्पताल लैजान लागिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका एक युवकको सकुशल उद्धार भएको छ…








