कोपिला बालगृह कास्कीले पाँचौं सामाजिक परीक्षण सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले कोपिला बालगृह पोखराका राम्रा बालगृहमा गनिने र अझै राम्रो र आत्मनिर्भर बनाउन वडाले सहयोग गर्ने बताए ।बालगृहको सेवा प्रवाह उत्कृष्ट रहेको र संस्थामा आश्रित बालबालिकाहरुले उच्च शिक्षामा पनि राम्रो गरेको भन्दै अब उनीहरुको सुनिश्चित भविष्यका लागि उद्यमशीलतामा वडाले गर्नुपर्ने सहयोग गर्न हरदम तयार रहेको बताए ।
पोखरा महानगरपालिका सामाजिक विकास मन्त्रालयका प्रमुख निर्मला शर्माले सरकार बालगृहहरु बढाउने होइन घटाउने अभियानमा रहेको बताईन् । उनले संस्थालाई उत्कृष्ट कार्यसम्पादन गर्न अनुरोध गर्दै बालगृहमा बसेका बालबालिकालाई चाडपर्वको पूर्वसन्ध्यामा परिवारको अभाव महसुस नगराउने गरी कार्य गर्न आग्रह गरिन् । सामाजिक परीक्षणको प्रतिवेदन र अनुगमनका क्रममा राम्रा पक्षहरु धेरै भएको र व्यवस्थापनका पक्षमा माइक्रो म्यानेज्मेन्ट गरेर व्यवस्थापन गर्न सुझाइन् ।
सामाजिक परीक्षणको सहजकर्ता सञ्चारकर्मी जुना थापाले सहजीकरण गरेकी थिइन् ।संस्थाका अध्यक्ष सुरजितसिंह ठकुरीको अध्यक्षता भएको कार्यक्रमको संचालन संस्थाकी निर्देशक रमिला श्रेष्ठले गरेकी थिईन् । कार्यक्रममा सरोकारवाला,संस्थामा आश्रित बालबालिका अध्ययनरत विद्यालयका प्रिन्सिपल, पूर्व विद्यार्थी, पुनर्स्थापित बालबालिकाका अभिभावकलगायतको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अन्नपूर्ण प्याथ ल्याब (एपिएल) महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको…







