पोखरामा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्ग (पोखरा–बुटवल सडकखण्ड)मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको हो ।बिहीबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा –१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल विरौटामा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको हो।
घाइते भएका दुवै जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । पोखरा…







