छैटौँ लेखनाथ कप तथा ११औँ कास्की जिल्ला स्तरीय फुल कन्ट्याक्ट कराते र मुआथाई प्रतियोगिता पोखरा महानगरपालिका–३०, पावरहाउसमा सम्पन्न भएको छ। प्रतियोगितामा कास्की जिल्लाका विभिन्न डोजोका खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको समापन समारोहमा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार , ब्रान्च चिफ लक्ष्मण कुँवर, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी तथा पूर्व भलिबल खेलाडी बलबहादुर श्रेष्ठलगायतले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए। धनबहादुर तामाङ, ओमराज पुन र सुनिल थापा निर्णायक रहेको प्रतियोगिता अन्तर्गत फुल कन्ट्याक्ट कराते, प्रोफेसनल फाइट तथा मुआथाई विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। फुल कन्ट्याक्ट करातेको २५ केजी तौल समूहमा यमन घर्ती मगर (लामगादी) प्रथम, निश्चल अधिकारी (लेखनाथ भण्डारढिक) द्वितीय तथा शुभम कुमाल (रिठेपानी) र रिजन् बस्नेत (बागमारा) तृतीय भए।३० केजी तौल समूहमा अविनाश सुनार (बागमारा) प्रथम, आवास नेपाली (बागमारा) द्वितीय तथा सागर ढकाल (बागमारा) र विवेक नेपाली(लामगादी) तृतीय भए।३५ केजी तौल समूहमा किर्तन सिंह कुम्भकर (लेखनाथ भण्डारढिक) प्रथम, सुजल कुमाल (रिठेपानी) द्वितीय तथा सुयश सुनार (बागमारा) र आयन नेपाली (लेखनाथ भण्डारढिक) तृतीय भए।४० केजी तौल समूहमा बुद्ध गुरुङ (लामगादी) प्रथम, साहिल घोताने (बागमारा) द्वितीय तथा साजल परियार (टुटुङ्गा) र प्रनव अधिकारी (बागमारा) तृतीय भए।
४५ केजी तौल समूहमा सन्दीप मगर (लेखनाथ पावरहाउस) प्रथम, दिपशिन गुरुङ (बागमारा) द्वितीय तथा आयुष नेपाली (लेखनाथ भण्डारढिक) र प्रवेश श्रेष्ठ (लेखनाथ पावरहाउस) तृतीय भए।५० केजी तौल समूहमा साइमन थापा (बागमारा) प्रथम, सविन सुनार (बागमारा) द्वितीय तथा शुलभ भि।क। (लेखनाथ भण्डारढिक) र सोहन ठेडी (पी।एन।) तृतीय भए।५५ केजी तौल समूहमा कृश नेपाली (बागमारा) प्रथम, निशान रोका (लेखनाथ पावरहाउस) द्वितीय तथा सुरज प्रजा (लेखनाथ भण्डारढिक) र कृश नेपाली बि। (बागमारा) तृतीय भए। फुल कन्ट्याक्ट कराते कै महिला २५ केजी तौल समूहमा जिया थापा (बागमारा) प्रथम, सृष्टि गुरुङ (पी।एन।) द्वितीय तथा अभिरनी कोइराला (टुटुङ्गा) र दीक्षा अधिकारी (लामगादी) तृतीय भए।३० केजी तौल समूहमा अनुक्का गुरुङ (लेखनाथ पावरहाउस) प्रथम, सिम्रन पुन (लेखनाथ भण्डारढिक) द्वितीय तथा एरिस्ता गायक (रिठेपानी) र प्रेक्षा श्रेष्ठ (पी।एन।) तृतीय भए।३५ केजी तौल समूहमा सुप्रिया थापा मगर (बागमारा) प्रथम, प्रकृति तिवारी (कालिका) द्वितीय तथा आसिमा चौधरी (लेखनाथ भण्डारढिक) र साङ्क्षु तामाङ (लेखनाथ पावरहाउस) तृतीय भए।
४० केजीमा आकाङ्क्षा नेपाली (बागमारा) प्रथम, हुमि बुढा मगर (पोखरा रंगशाला) द्वितीय तथा आयुषा थापा मगर (बागमारा) र आहाना गुरुङ (लेखनाथ पावरहाउस) तृतीय भए।४५ केजी तौल समूहमा रिया लामा (बागमारा) प्रथम, साधवी पौडेल (बागमारा) द्वितीय तथा तृप्ति चापागाईं र रोजिना सुनार (बागमारा) तृतीय भए।५० केजी तौल समूहमा करुणा गुरुङ (लेखनाथ पावरहाउस) प्रथम, अन्शु अधिकारी (लेखनाथ पावरहाउस) द्वितीय तथा क्रिस्टिना गुरुङ (लेखनाथ पावरहाउस) र बर्तिसा सलामी (बागमारा) तृतीय भए।५५ केजी तौल समूहमा निशा थापा मगर (बागमारा) प्रथम, प्रिदस्मा नेपाली (लेखनाथ पावरहाउस) द्वितीय तथा आयुषी सुनार (लेखनाथ पावरहाउस) र आरोही सुनार (लेखनाथ भण्डारढिक) तृतीय भए।यसैगरी प्रोफेसनल फाइटतर्फ महिला ५४ केजीमा समृद्धि तिमिल्सिना (लेखनाथ पावरहाउस) प्रथम र सुप्रिया लामा (लेखनाथ भण्डारढिक) द्वितीय भए।पुरुष ५६ केजीमा बसन्त बि।क। र कुशल नेपाली दुवै लेखनाथ भण्डारढिकका खेलाडी क्रमशः प्रथम र द्वितीय भए।पुरुष ५४ केजीमा रिजन थापा मगर (बागमारा) प्रथम र ओमराज गुरुङ (लेखनाथ पावरहाउस) द्वितीय भए।पुरुष ५७ केजीमा सावन नेपाली (लेखनाथ पावरहाउस) प्रथम र विवेक चौधरी (पी।एन।) द्वितीय भएका थिए।
मुआथाईतर्फ पुरुष ५१ केजीमा सुजल गुरुङ प्रथम र किस्मत सुनार द्वितीय भए। दुवै खेलाडी लेखनाथ डोजो मुआथाईका हुन्।पुरुष ५७ केजीमा सौरभ थापा प्रथम र प्रविण गुरुङ द्वितीय भए। उनीहरू पनि लेखनाथ डोजो मुआथाईका खेलाडी हुन्।प्रतियोगितामा सार्वजनिक गरिएको पदक तालिकाअनुसार बागमारा डोजोले ७ स्वर्ण, ५ रजत र १० कांस्य गरी कुल २२ पदक जित्दै पहिलो स्थान हासिल गरेको छ। लेखनाथ पावरहाउस डोजोले ४ स्वर्ण, ३ रजत र ४ कांस्य गरी ११ पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै, लेखनाथ रंगशाला डोजोले १ स्वर्ण, २ रजत र ६ कांस्य गरी ९ पदकसहित तेस्रो स्थान हासिल गरेको छ।पदक तालिकाअनुसार लामगादी डोजोले २ स्वर्ण र २ कांस्य गरी ४ पदक, पी।एन।ले १ रजत र २ कांस्य गरी ३ पदक, रिठेपानीले १ रजत र २ कांस्य गरी ३ पदक, टुटुङ्गाले २ कांस्य र कालिकाले १ रजत पदक प्राप्त गरेका छन्। पोखरा रंगशालाले १ रजत पदक जितेको छ। समग्रमा प्रतियोगितामा १४ स्वर्ण, १४ रजत र २८ कांस्य गरी कुल ५६ पदक वितरण गरिएको थियो ।प्रोफेसनल फाइटका विजेतालाई नगद रु। १० हजार र उपविजेतालाई रु। ५ हजार प्रदान गरिएको थियो। अन्य विजेता खेलाडीहरूलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको कार्यक्रम संयोजक विनोद नेगीले जानकारी दिए।
कार्यक्रम डोजो प्रमुख सुवास खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए।प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान, खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा लेखनाथ र कास्की जिल्लामा फुल कन्ट्याक्ट कराते र मुआथाई खेलको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको वक्ताहरुको धारणा रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गरेको…







