युनाइटेड क्लब पोखराले नेपालीहरूको मौलिक चाडपर्व विजया दशमी, दीपावली, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं। १० का वडा अध्यक्ष राजेश गुरुङले विपद्को समयमा क्लबले पु¥याएको योगदानको स्मरण गरे ।विगतमा वडा कार्यालयमा क्षति पुग्दा युनाइटेड क्लबले कम्प्युटर सहयोग गरेर कार्यालयको दैनिक कामकाज सुचारु गर्न ठूलो मद्दत गरेको उल्लेख गर्दै उनले क्लबका गतिविधिलाई निरन्तरता दिन वडा कार्यालयबाट यस पटक रु। १ लाख विनियोजन गरिएको जानकारी दिए । कार्यक्रममा अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले युनाइटेड क्लब समाजका हरेक वर्गलाई समेटेर अघि बढेको बताए ।
क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङले आगामी २३ गते आयोजना हुने देउसीभैलो कार्यक्रमबाट संकलित रकम विपद् व्यवस्थापन कोषमा सहयोग गरिने उद्देश्य रहेकाले सबैलाई खुलेर सहयोग गर्न अपिल गरे । क्लबका आजीवन सदस्य बलराम ढुंगानाले युनाइटेड क्लब पोखरामा एक चिरपरिचित नाम भएको र यसका सम्पूर्ण गतिविधि पारदर्शी रहने गरेको बताए । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।
क्लबका अध्यक्ष गणेश तिमिल्सिनाले युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको बताउँदै, शुभकामना देउसीभैलो कार्यक्रममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । सो अवसरमा क्लबका आजीवन सदस्य चोलेन्द्र पौडेल गण्डकी प्रज्ञा प्रतिष्ठानको परिषद सदस्यमा मनोनित भएको र क्लबका शुभचिन्तक नवराज घिमिरे अमरसिंह माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित भएकोमा बधाइ ज्ञापन गरिएको थियो ।
क्लबका महासचिव सन्तोष कार्कीले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष शान्त बहादुर थापाले शुभकामना मन्तब्य राखेका थिए । यसैवीच शुभकामना आदान प्रदान कार्यक्रमकै बिच देउसीभैलो कार्यक्रम अगावै १ लाख रुपैया संकलन भएको देउसीभैलो कार्यक्रमका संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।…







