पोखराका स्थापित उद्यमी कोमलबहादुर प्रजुको ८३ वर्षको उमेरमा निधन भएको छ।
आइतबार निधन भएका प्रजुको सोमबार पोखरा ३ नदीपुरस्थित तुलसीघाटमा धार्मिक परम्परानुसार अन्तिम संस्कार गरिएको छ।उनको पार्थिव शरीरमा जेठा छोरा रबिन्द्र बहादुर प्रजुले दागबत्ती दिए । वि.सं. २००० साल मंसिर १५ गते कुलशमशेर प्रजु र सन्तमाया प्रजुको कोखबाट जन्मिएका कोमलबहादुर प्रजुका श्रीमतीहरू सुधादेवी प्रजु र सरस्वतीदेवी प्रजु छन्। उनका दुई छोरा रबिन्द्र बहादुर प्रजु पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष एवं वडा नं ३ का पूर्व अध्यक्ष र देवेन्द्र प्रजु पोखरा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष तथा चार छोरीहरू सरिता प्रजु थापा, सुनिता प्रजु मल्ल, शिला प्रजु श्रेष्ठ र मिला प्रजु श्रेष्ठ छन्।
पोखराको उद्योग तथा व्यवसाय क्षेत्रको विकासमा स्व. प्रजुको महत्त्वपूर्ण योगदान रहेको छ। उनले विभिन्न व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानहरू स्थापना गरी सफल रूपमा सञ्चालन गरेका थिए । आध्यात्मिक र सामाजिक सेवामा निरन्तर समर्पित रहेका उनी सत्यसाई सेवा केन्द्रका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष थिए। उनको निःस्वार्थ सेवा, आदर्श र आध्यात्मिक मार्गदर्शनले समाजमा सत्य, धर्म, नैतिक मूल्य र सकारात्मक सोचको विकास गर्न प्रेरणादायी भूमिका खेलेको छ।
उनको असामयिक निधनले पोखराको धार्मिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। स्व। प्रजुको निधनप्रति विभिन्न सामाजिक तथा व्यावसायिक संघ(संस्थाहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक १६ एसीसी पुरुष यू–१९ एसिया कप २०२६ मा सहभागी…







