सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
घटनामा अन्य २ जना भने घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ मिनेटमा डाइनास्टिक एयर र फिस्टेल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा हेलिकप्टरमा सवार एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय नागरिक ४७ वर्षीय वसन्तकुमार बलारा माडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ ।
घाईते भएका भारतीय मूलका न्युजिल्यान्डका नागरिक ५३ वर्षीय शैलेश किसन पटेल र फिस्टेल हेलिकप्टरका पाइलटलाईअहिले मेडिसिटी अस्पताल लगिएको हो। हिमाली क्षेत्रको फेरुचेमा भएको उक्त दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक १७ सामाजिक सञ्जालमा गृहमन्त्री सुदन गुरुङबिरुद्ध भ्रम फैलाएको आरोपमा…







