पुर्व प्रधानमन्त्री माधव कुमार नेपालसहित ९७ जना विरुद्ध मुद्धा दायर, ७३ करोड ४९ लाख बिगो दाबी


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०८३ मा प्रकाशित




अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९७ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सुनसरी र मोरङमा रहेको सरकारी (हदबन्दी छुट पाएको) जग्गा सट्टापट्टा र बिक्री वितरणमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा नेकपाका सह संयोजक समेत रहेका पुर्व प्रधानमन्त्री नेपालसहित पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजाल,तत्कालीन भूमि सुधार मन्त्री डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्वर्गीय माधव घिमिरे पनि प्रतिवादी छन्।त्यस्तै तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी, उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा। अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा, शाखा अधिकृत बलराम निरौला ,भूमि सुधार व्यवस्था विभागका तत्कालीन डीजी राजेन्द्र शर्मा, तत्कालीन निर्देशक नारायण अधिकारी, तत्कालीन उपसचिव बाबुराम खनाल, तत्कालीन शाखा अधिकृत सीताराम पोखरेल, तत्कालीन नासु बुद्धिबहादुर कार्की गरेर ९७ जना छन् ।

उनीहरु बिरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो दाबीसहित आरोपपत्र दायर गरेको हो ।सार्वजनिक जग्गा छुट दर्तामा भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ । नेपालविरुद्ध विशेष अदालतमै पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष अदालतमै विचाराधीन छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।