पोखरेली कवि नारायणप्रसाद सापकोटाको पहिलो कविता संग्रह ‘युगान्तर’ प्रकाशित भएको छ ।
साहित्यपोस्टले प्रकाशन गरेको यो कृतिमा जम्मा ५५ वटा कविताहरु समेटिएका छन् । यी कविताहरुलाई पढेर, काव्यचित्र हेरेर, र वाचन सुनेर वा हेरेर ग्रहण गर्न सकिन्छ । यसरी आफ्नो पहिलो कृति मार्फत लेखक सापकोटाले नेपाली साहित्यमा पहिलोपटक बहुआयामिक स्वाद दिएका छन् । कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ तारकाङ, केउरानी, रातमाटामाका सापकोटा हाल पोखरा १३ साझाका बासिन्दा हुन् । पेसाले अङ्ग्रेजी प्राध्यापनमा रहेका उनी भद्रकाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् ।
त्रिभुवन विश्वविद्यालयको ग्राजुएट स्कुल अफ एजुकेसनबाट विद्यावारिधि तहको अध्ययन गर्दै गरेका सापकोटा सिर्जनात्मक र प्राज्ञिक दुवै लेखनमा समता र सामाजिक न्यायको खोजी गर्छन् । नेपाली साहित्य सिर्जना सापकोटाको रुचिको विषय हो । यसअघि थुप्रै फुटकर लेखरचनाहरु प्रकाशन गरिसकेका उनको ‘युगान्तर’ पहिलो पुस्तकाकार कृति हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं. २४ बास्कोटमा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्र संचालनमा…







