कास्की प्रहरीद्वारा ‘अप्रेशन सभ्यता’ संचालन, २१ जना व्यक्तिसहित २७ सवारी साधन नियन्त्रणमा


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०८३ मा प्रकाशित




कास्की प्रहरीले चाडपर्वलाई लक्षित गरी पोखरामा ‘अप्रेशन सभ्यता’ नामक अभियान संचालन गरेको छ ।

आम नागरिक तथा पर्यटकको सुरक्षाका लागि यस्तो अभियान संचालन गरेको कास्की प्रहरीले जनाएको छ । पर्यटकीय क्षेत्र लेकसाईडमा पछिल्लो समय झै झगडा, आपसी विवाद, पर्यटकलाई अनावश्यक झमेला दिने तथा दुर्व्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधि गर्ने प्रवृति बढेकाले त्यसलाई रोक्न अभियान सक्रिय हुने जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

अभियान अन्र्तगत गएराती देखि आज बिहानसम्म लेकसाईड क्षेत्रमा गरिएको अप्रेशनका क्रममा २१ जना व्यक्ति र २७ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ । झण्डीबुर्जा खेलाउने, होहल्ला गर्ने, अवाञ्छित तथा अनैतिक क्रियाकलाप गर्ने कार्यमा संलग्न २१ जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय, बैदामबाट थप अनुसन्धान तथा कारवाही भईरहेको प्रवक्ता पासवानले बताए । उनका अनुसार नियन्त्रणमा लिईएका २७ वटा सवारी साधन मध्ये १७ वटालाई कारवाही गरिएको र १० वटा नियन्त्रणमा राखिएको छ।

उक्त क्षेत्रमा पर्यटक तथा स्थानीयलाई नै असर पार्ने गरी गतिबिधि बढेको भन्दै जन गुनासो आएको प्रहरीले जनाएको छ । पोखराको पर्यटकीय छविमा नकारात्मक असर पार्न नदिन प्रहरी क्रियाशील रहने बताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।