पोखरा रंगशालामा चौैथो संस्करणको प्रगति खेल उत्सव २०८३ सुरु भएको छ ।
बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सवको बिहिबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख पदमराज आचार्यले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै आचार्यले विद्यार्थीको चौतर्फि विकासका लागि खेलकुद आवश्यक रहेको बताए । उनले विद्यालय स्तरमा हुने खेल कार्यक्रमले विद्यार्थीको शारिरीक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउने बताउँदै, शिक्षासँगसँगै खेलकुद महत्वपुर्ण पाटो भएको बताए ।प्रमुख आचार्यले पोखराको खेल विकासमा विद्यालयबाट उत्पादित विद्यार्थीको भुमिका महत्वपुर्ण रहेको बताए ।प्याब्सनका केन्द्रीय सल्लाहकार बीरबहादुर बुढाथोकीले प्रगतिले आयोजना गर्ने हरेक कार्यक्रम उत्कृष्ट हुने बताउँदै, अन्य विद्यालयका लागि पनि अनुकरणीय रहेको स्पष्ट पारे । विद्यालयका प्रमुख कार्यकारी निर्देशक एवं उत्सवका परिकल्पनाकार दिनेश कुमार श्रेष्ठले विद्यार्थीलाई खेलसँग सम्बन्धित क्रियाकलापमामा सक्रिय गराउने उद्देश्यले विगतका बर्षहरुबाटै वृहत खेल उत्सवको आयोजना गर्दै आइरहेको बताए । उनले विद्यालयबाट सिकाई उपलब्धि हासिल गरेका विद्यार्थीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भएको र राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याएको बताउँदै, विद्यालयले बिभिन्न समयमा खेलकुद गतिविधीका अलवा साहित्यिक मेला,नाट्य उत्सव, संगीत उत्सव, सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए ।
तीन सातादेखि अनौपचारिक रुपमा कार्यक्रम भईरहे पनि औपचारिक कार्यक्रम बिहिबारबाट सुरु भएको सुचना अधिकारी जयराम पौडेलले बताए । उत्सवमा बिहिबार बिभिन्न खेलका अन्तिम प्रतिस्पर्धा सम्पन्न भएका छन् ।कक्षा ८ देखि १० सम्मका विद्याथीृ सहभागि ८ सय मिटर छात्रमा धौलागिरिका सुवास रानामगर प्रथम,अन्नपुर्णका सुजल गुरुङ दितीय, र सगरमाथाका प्रतिक थापा तृतीय भए । ४ सय मिटर छात्रा कक्षा ६ देखि ८ सम्ममा समिक्षा राना मगर प्रथम, प्रनिता थापा दितीय, र रोशनी थकाली तृतीय, कक्षा ६ र ७ तर्फ दिति बानियाँ प्रथम,आरोही पुन दितीय र अमना आले मगर तृतीय भएका छन् । त्यस्तै १ सय मिटर छात्र कक्षा ४ देखि ५ सम्ममा डेनिस क्षेत्री प्रथम,दिप्सन कँडेल दितीय र सोहित परियार तृतीय, छात्रातर्फ करिना सापकोटा प्रथम,प्रार्थना राना द्वितीय र प्रिया राना मगर तृतीय भए ।छात्र हाइजम्प कक्षा ८ देखि १० तर्फ सुुजल गुरुङ, रितेश खत्री र कुशल परियार दितीय भएको सुचना अधिकारी पौडेलले जानकारी दिए । छात्र÷छात्रा रिले दौड ,हाइजम्प छात्र÷छात्रा, लङ्गजम्प लगायतका खेल सम्पन्न भएका छन् । फुटबल ,ह्याण्डबल छात्र÷ छात्रा ,वास्केटवल छात्र÷ छात्रा, व्याडमिण्टन छात्र÷ छात्रा सिङ्गल एण्ड डवल तर्फ पहिलो चरणका खेल सम्पन्न भएको खेल संयोजक सुमन कार्कीले जानकारी दिए । प्रतियोगितामा बिभिन्न १२ ईभेन्टमा १ हजार बढी विद्यार्थीले सहभागिता जनाएका छन्।शुक्रबार, एथ्लेटिक्स, फुटबल,ह्याण्डबल,बास्केटबल,व्याडमिन्टनको फाईनलसहित समापन गरिने विद्यालयले जनाएको छ ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रिन्सिपल महेन्द्र थापा र संचालन शिक्षक सन्ध्या बसेलले गरेकी थिईन् ।सो अवसरमा विद्याथीृले मार्चपास समेत गरेका थिए । उत्सवलाई व्यवस्थित बनाउन कार्कीको संयोजकमा बिभिन्न समिति गठन गरिएको छ । उत्सवको कार्यक्रम नियन्त्रणमा महेन्द्र थापा,सहसंयोजनमा राम पौडेल,कमल नेपाली, खेल संयोजनतर्फ विधागत रूपमा पुर्ण मान गुरुङ, दिनेश श्रेष्ठ, शंकर केसी, विशाल नेपाली,दिवस अधिकारी,सुरज देवकोटा, महेन्द्र थापा र मन बहादुर गुरुङ छन्। त्यस्तै वित्तीय व्यवस्थापनमा जयराम पौडेल, स्वास्थ्य व्यवस्थापन अनिता बस्नेत, अतिथि सत्कारमा दिनेश अर्याल, जयराम पौडेल र ममता गुरुङ,लोजोष्टिक सपोर्टमा चिनबहादुर कार्की, खाना व्यवस्थापनमा मीना कार्की, यातायात व्यवस्थापन चिन्ता खवास,पुरस्कार व्यवस्थापन जयराम पौडेल,माला, खादा व्यवस्थापन विश्वराज अधिकारी,सुचना संचारमा विष्णु तिमिल्सीना,स्टेज व्यवस्थापनमा सुरज देवकोटा, कार्यालय व्यवस्थापनमा विनोद भुजेल, कार्यक्रम संचालनमा सन्ध्या वसेल, प्रतिमा गुरुङ र अफिसियल सपोर्टका रूपमा कास्की जिल्ला एथलेटिक्स संघ रहेको विद्यालयले जनाएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा ’युनाइटेड काउन्सिल ट्रफी २०८३’ सुरु भएको छ।…







