पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा ’युनाइटेड काउन्सिल ट्रफी २०८३’ सुरु भएको छ।
खेलकुदको विकासका साथै विद्यार्थीहरूमा रहेको खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै पोखरा १६ का वडा सदस्य मन्जु नेपालीले बालबालिकामा खेलकुदले पार्ने सकारात्मक प्रभावको चर्चा गर्दै, शारिरीक र मानसिक विकासका लागि खेल आवश्यक रहेकोबताईन् । उनले नेपालीजनका बिभिन्न चाडपर्वहरूले सबैमा सकारात्मक ऊर्जा प्रदान गरुन् भन्दै शुभकामना व्यक्त गरिन् ।
विद्यालयमा गठित युवा रेडक्रस सोसाइटीका अध्यक्ष प्रवेश पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले खेलकुदले विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमताको विकासमा सघाउ पु¥याउने बताए । उनले विद्यार्थीको समग्र विकासका लागि विद्यालय सधैं तयार रहेको पनि स्पष्ट पारे ।उद्घाटन सत्रमा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
विद्यार्थी परिषद्की अध्यक्ष जेनिसा गुरुङले स्वागत गरेको कार्यक्रमको संचालन रियाना थापा र क्रितन गुरुङले गरेका थिए । प्रतियोगितामा बिभिन्न चरणका खेलहरु जारी रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा ’युनाइटेड काउन्सिल ट्रफी २०८३’ सुरु भएको छ।…







