पोखरा बहुमुखी क्याम्पसमा निःशुल्क आँखा परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०८३ मा प्रकाशित




पोखरा बहुमुखी क्याम्पसले निःशुल्क आँखा परीक्षण शिविर तथा आँखा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

आफ्नो ४०औँ वार्षिकोत्सवको अवसरमा समुदायलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा २८४ जनाको आँखा परीक्षण गरिएको थियो। हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा चालिस बर्ष उमेर माथिका ८० जनालाई निःशुल्क चश्मा वितरण गरिएको, २०० जनालाई औषधि उपलब्ध गराइएको तथा चार जनामा शल्यक्रिया गर्नुपर्ने आवश्यकता पहिचान भएको थियो।

त्यसैगरी, आँखा स्वास्थ्यसम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो। सहभागीहरुलार्इ अस्पतालका दृष्टि अधिकृत गोविन्द योगी र बाह्य कार्यक्रम प्रमुख सुवास नेपाललगायतले सहजीकरण गरेका थिए । प्रशिक्षणमार्फत आँखा स्वास्थ्यको महत्त्व, आँखाको हेरचाह तथा दृष्टि सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको थियो।

समितिका सल्लाहकार प्रा.डा. दिलबहादुर क्षेत्रीको संयोजनमा भएको कार्यक्र क्याम्पस सञ्चालक समितिका अध्यक्ष शंकर गुरुङको अध्यक्षता, क्याम्पस प्रमुख शिशुकला पराजुलीको स्वागत र महेन्द्र रिमालले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।