पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने दन्त शिविर सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत प्ले ग्रुप (पीजी) देखि कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए । पोखराको न्युरोड स्थित पैरवी हेल्थ एन्ड डेन्टल केयर सेन्टरको सहयोगमा सञ्चालित शिविरमा दन्त चिकित्सक दशमी गुरुङ सहितको स्वास्थ्य टोलीले विद्यार्थीहरूको दाँत तथा मुख स्वास्थ्य परीक्षण भएको प्राचार्यले श्रेष्ठले उल्लेख गरे ।शिविरका क्रममा विद्यार्थीहरूलाई दाँतको नियमित सरसफाइ, सही तरिकाले ब्रस गर्ने विधि, मुख स्वास्थ्यको महत्तव तथा दाँतसम्बन्धी समस्याबाट बच्ने उपायबारे जानकारी प्रदान गरिएको थियो ।
सानै उमेरदेखि बालबालिकामा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने र दाँत तथा मुखसम्बन्धी समस्याको समयमै पहिचान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको विद्यालयले शिक्षक शिव शंकर बस्यालले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका छन् ।…







