गण्डकी प्रदेश उसु संघको अध्यक्षमा बिरेन्द्र गहतराज


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०८३ मा प्रकाशित




पोखरा, मंसिर ६

गण्डकी प्रदेश उसु संघको अध्यक्षमा बिरेन्द्र गहतराज निर्विरोध चयन भएका छन् । गण्डकी प्रदेशमा उसु खेलको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले गठीत संघको अध्यक्षमा गहतराज निर्विरोध चयन भएका हुन् ।

‎संघको प्रथम उपाध्यक्षमा राजेन्द्र भुजेल, द्वितीय उपाध्यक्षमा अनुप खड्का, सचिवमा दुर्गा सुनार, सहसचिवमा भगिरथ कँडेल, कोषाध्यक्षमा लक्ष्मण गुरुङ र सह–कोषाध्यक्षमा सुशीला कार्की चयन भएका छन ्।

त्यसैगरी सदस्यहरूमा विरबल कुँवर, विनोद मगर, लोकेन्द्र गहतराज, सुनिल भारी, रमेश सेन्चुरी र राजन श्रेष्ठ चयन भएको नवनिर्वाचित सचिव दुर्गा सुनारले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष बिरेन्द्र गहतराजले उसु खेलको बिकास, बिस्तार र प्रवद्र्धन गर्न संघ डटेर अघि बढ्ने बताए । उनले उसुका नयाँ खेलाडी उत्पादन गर्दै र प्रतिभावान् खेलाडीलाई उचित अवसर प्रदान गर्न संघ सदैव लागिरहने प्रतिबद्धतासमेत जनाए । उनले भने,‘गण्डकी प्रदेशलाई उसु खेलको उर्वर क्षेत्रका रूपमा विकास गर्न हामी सदैव लाग्नेछौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।